जर्मन क्लब बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छाड्न चाहेको पुष्टि गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफूले क्लब छाड्न चाहेको पुष्टि गरेका हुन् । ‘एउटा कुरा निश्चित छ, बायर्नसँगको मेरो कथा सकियो,’ लेवान्डोस्कीले भने, ‘मलाई थाहा छ कि स्थानान्तरण दुवै पक्षका लागि उत्तम समाधान हुनेछ ।’
बायर्नसँग लेवान्डोस्कीको सम्झौता २०२३ सम्म रहे पनि उनले जर्मन क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् ।
बायर्नले लगातार आठपटक बुन्डेस लिगा र सन् २०२० मा च्याम्पियन्स लिगको उपाधि जित्दा लेवान्डोवस्की टोलीका प्रमुख खेलाडी थिए । ३३ वर्षीय स्ट्राइकर स्पेनिस क्लब बार्सिलोना जाने चर्चा छ ।
उनी २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बायर्न आएका थिए । लेवान्डोस्कीले बायर्नका लागि बुन्डेस लिगमा ३८४ खेल खेल्दा ३१२ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।