सरकारको बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो : विष्णु पाैडेल

नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको बजेट व्यक्ति र समूह विशेष केन्द्रित रहेको टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको बजेटका कार्यक्रम व्यक्ति र समूह विशेषलाई केन्द्रमा राखेर बनाएको टिप्पणी गरेका हुन् । 

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारको बजेट ‘सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो’ रहेको पनि बताए ।

‘यो बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो छ । बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षी साकार पार्न र राष्ट्रिय कार्यभार पूरा गर्न सक्दैन,’ पौडेलले भने, ‘यो गठबन्धन सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको कार्यान्वयन गर्न त परै जाओस्, उच्चारण गर्नसमेत संकोच मानिरहेको छ । बजेटमा समग्र र यथार्थ वित्त क्षमताभन्दा खर्च बढी प्रस्ताव गरिएको छ ।’ 

एमाले उपाध्यक्षसमेत रहेका उनले सरकारको बजेटलाई ‘चुनावी घोषणापत्र र चुनावी प्रचार’को संज्ञा पनि दिएका हुन् ।   

‘अर्थतन्त्रका चुनौतीलाई व्यवास्था गरिएको छ । सस्तो लोकप्रियताका लागि अनुकूल ठानिएका र बिना तयारीका  दीर्घकालिन प्रकृतिका योजना र कार्यक्रमको चाङ लगाइएको छ । सारतः यो बजेट बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो, चुनावी प्रचार जस्तो छ । मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यले आएको छ,’ पौडेलले भने । 





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ११:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया