चीनले बनायाे विश्वकै सस्तो इलेक्ट्रिक कार

एजेन्सी– इन्धनको बढ्दो मूल्यका कारण विश्वका चर्चित अटो कम्पनीले इलेक्ट्रोनिक कारको उत्पादनमा जोड दिँदै आएका छन् । तर, इलेक्ट्रोनिक कारको मूल्य महँगो पर्ने हुँदा सबै मानिसको लागि खरिद गर्न उपयुक्त हुँदैन । 

तर, केही दिनअघि चीनको कार उत्पादन कम्पनी ग्रेट वाल मोटर्सको इलेक्ट्रोनिक कार ‘ओआरए आरवान’ ले डेब्यु गरेको छ । जुन सिंगल चार्जरमै ३ सय ५१ किलोमिटरसम्म यात्रा गर्न सक्षम छ । यस कारको मूल्य ८ हजार ६ सय ८० अमेरिकी डलर रहेको छ । 

यो कार विश्वकै सबैभन्दा सस्तो रहेको कम्पनीले दाबी गरेको छ । अहिलेसम्म बढीभन्दा बढी इलेक्ट्रोनिक सवारीसाधन आयल टू इलेक्ट्रोसिटी कन्सेप्टमा बन्ने गरिए पनि ग्रेटवाल मोटर्सले भने ‘ओआरए आरवान’लाई इलेक्ट्रिक ह्विकल्सका लागि डेडिकेटेड प्लेटफार्ममा डिजाइन गरेको छ । जसलाई कम्पनीले ‘मी’ प्लेटफार्म नाम दिएको छ । 

कम्पनीले यो कार सामान्य, युनिक र आकर्षक ढाँचामा बनाएको छ जसको अगाडि ठूला हेडलाइट रहेको छ । साथै यो कार टाइटेनियम सेतो, कडेट निलो, स्काइ ब्लु, टाइटेनियम सेतो तथा कालोको संयोजन र कडेट निलो तथा टाइटेनियम सेतोको संयोजनमा पाँच रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
 





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १३:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया