आकाशेपुलको प्रयोग बढाउन महानगरको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले नागरिकलाई आकाशेपुलको प्रयोग गराउनका लागि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । गत आइतबारबाट अभियानकै रूपमा सुरु गरेको कार्यक्रमअन्तर्गत आकाशेपुलको प्रयोग प्रवर्धन गर्न अभियान थालेको हो । 

आकाशेपुल हुँदाहुँदै मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । कादम्बरी मेमोरियल कलेजका विद्यार्थीको सहभागिता र ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा सञ्चालन गरिएको अभियान एक हप्तासम्म रहनेछ । 

नियमित काठमाडौं बस्ने नागरिकका लागि भन्दा पनि बाहिर जिल्लाबाट आउने आगन्तुकका लागि यस किसिमको अभियान सुरु गरिएको प्रवक्ता डंगोलले बताए । व्यस्त सडक पार गर्नु जोखिमपूर्ण छ भन्ने जान्दाजान्दै सडक पार गर्ने बानीले सडक दुर्घटनाको खतरा बढेको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

कामपाले यस किसिमको व्यवस्था सुरु गरे पनि कामपाको धेरै आवश्यक स्थानमा आकाशे ुल छैन भने भएका पुल पनि मर्मत गर्नुपर्ने अवस्थाप्रति भने कामपाले ध्यान दिएको छैन । गत साउनमा नै कामपाकोे आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण भने पनि अहिलेसम्म तयारी गरेको छैन । 

यस अभियानमा महानगरमा भएका नौवटा आकाशेपुलका हरेक मुखमा विद्यार्थी बस्नेछन् । यसअनुसार उनीहरू २२ स्थानमा रहनेछन् । यसका लागि ५० विद्यार्थी खटिनेछन् । महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यो अभियान हरेक दिन मध्याह्न २ बजेदेखि साढे ४ बजेसम्म सात दिन चल्नेछ ।
 





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १३:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया