नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
फरकधार / १७ जेठ, २०७९
फाइल तस्वीर

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट आएको छ ।



साताको दोस्रो कारोबार मंगलबारका दिन नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ । 

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको  खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । 



मंगलबार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको  छ । 



जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । 

मंगलबार नेप्से परिसूचक गिरावट आए पनि उपकार लघुवित्तको सेयरमूल्य भने ८.२३ प्रतिशत बढेको छ । त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

त्यस्तै, एनएलजी इन्स्योरेन्सको सेयरमूल्य यस दिन ६.५० प्रतिशत घटेको छ । कर्पोरेट डेभलपमेण्ट बैंक, मल्टिपर्पस फाइनान्स र प्रभु इन्स्योरेन्स सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । नबिल बैंक र हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १६:२०:४१,   अन्तिम अपडेट : जेठ १७, २०७९ मंगलबार १६:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया