संसदीय समितिहरुमा सदस्य हेरफेर

सभामुख अग्नि सापकोटाले संसदीय समितिका सदस्यहरु हेरफेर गरेका छन् । एमाले सत्ताबाट बाहिरिएको झण्डै एक वर्षपछि तत्कालीन समयमा मन्त्री भएका सांसदहरुको नाम समितिमा राखेर हेरफेर गरिएको हो। 

मन्त्री भएपछि समितिको सदस्यबाट स्वतः हट्ने व्यवस्था छ। दलहरुले दिएको नामका आधारमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहने सांसदहरुको नाम पेस गरेर अनुमोदन गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको एउटै समितिको सदस्य बनेका छन् । उनीहरु दुवैजना प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य भएका हुन्। 

ओलीलाई अन्तर्राष्ट्रिय समितिको सदस्य बनाउने प्रस्ताव संसदबाट अनुमोदन भएको छ। उक्त समितिको सभापति एमालेकी सांसद पवित्रा निरौला खरेल छिन्। 

एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उमहासचिव प्रदीप ज्ञवालीलाई पनि त्यही समितिको सदस्य बनाएको छ। त्यस्तै, विष्णु पौडेल अर्थ समितिको सदस्य भएका छन्। हृदयेश त्रिपाठी यसपटक अर्थ समितिको सदस्य भएका छन्। कांग्रेसका मीनेन्द्र रिजाललाई पनि अर्थ समितिमा पठाइएको छ।

एमालेका लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतो उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सदस्य भएका छन्।भानुभक्त ढकाललाई कानुन न्याय तथा मानव अधिकार समितिमा, पार्वत गुरुङलाई कृषि तथा सहकारी समितिको सदस्य बनाइएको छ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १८:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया