मधेस प्रदेश सरकारले २१ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
फाइल तस्वीर

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । जेठ २१ गते शनिबार बस्ने प्रदेशसभा बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिएका छन् । 

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा सरकार लागिपरेको उनले बताए ।  

नीति तथा कार्यक्रममा छोरी शिक्षाबीमा कार्यक्रमलाई प्राथमिकताका साथ ल्याउन लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

मधेस प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिनेसमेत मन्त्री साहले जानकारी दिए । 
बजेट प्रस्तुत गर्नुअघि प्रि-बजेट पनि ल्याउने तयारीमा मधेस प्रदेश सरकारको अर्थ मन्त्रालय लागि परेको हो ।

त्यसअघि प्रदेशसभा सचिवालयले जेठ १९ गते बिहीबार दिउँसो १ बजे प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेको छ ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार २०:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया