म्यानमारको राजधानी यांगुनमा बम विस्फोट, एकको मृत्यु नौ घाइते

म्यानमारको राजधानी यांगुनमा मंगलबार बम विस्फोट भएको छ । 

विस्फोटनमा परी कम्तीमा एकजनाको मृत्यु भएको र अरु नौजना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउँसो ३.२० बजे राजधानी यांगुननमा विस्फोटन भएको प्रहरीको भनाइ छ ।

राजधानीस्थित बसपार्कनजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार २०:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया