कांग्रेसबाट स्थानीय तहमा निर्वाचितलाई प्रदीप पौडेलको आग्रह : तपाईंहरुले राम्रो काम गरे प्रदेश र संघको निर्वाचन जितिन्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई राम्रो काम गरेर देखाउन आग्रह गरेका छन् । 

कांग्रेस काठमाडौं क्षेत्र नं ७ प्रदेश (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको ‘जनप्रतिनिधि सम्मान’ कार्यक्रममा बोल्दै उनले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसमा भोट हाल्न आतुर छन् भन्ने देखाएको छ, प्रदेश र संघको निर्वाचन आउँदै छ, मतदातालाई कांग्रेसको पक्षमा आकर्षित गर्ने गरी काम गर्नुहोस् ।’

कांग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापति एवं काठमाडौं महानगरपालिका–१६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजालले आफू जनप्रतिनिधि भएकाले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य सविन तामाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि सुशील भट्ट, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीलगायतले आगामी निर्वाचनमा कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । 





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार २१:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया