कांग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि स्थानीय तहले राम्रो काम गर्नुपर्ने बताएका छन् । 

कांग्रेस काठमाडौं क्षेत्र नं ७ प्रदेश (ख) विद्यार्थी विभागले मंगलबार यहाँ आयोजना गरेको ‘जनप्रतिनिधि सम्मान’ कार्यक्रममा उनले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसमा भोट हाल्न आतुर छन् भन्ने देखाएको छ, प्रदेश र सङ्घको निर्वाचन आउँदैछ, मतदातालाई कांग्रेसको पक्षमा आकर्षित गर्ने गरी काम गर्नुहोस्,’ उनले भने । 

कांग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने नेता पौडेलको भनाइ थियो । कांग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापति एवं काठमाडौं महानगरपालिका–१६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजालले आफू जनप्रतिनिधि भएकाले जनताको सेवक भएर काम गर्ने विश्वास व्यक्त गरे ।  





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार ७:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया