अस्ट्रेलियन क्रिकेट टोलीका मुख्य प्रशिक्षकलाई कोरोना संक्रमण

अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डलाई कोरोना संक्रमण भएको छ ।

क्रिकेट अस्ट्रेलियाले बुधबार एन्ड्रयुलाई कोरोना संक्रमण पुष्टि गरेको हो । कोरोना संक्रमण देखिएपछि उनी कम्तीमा पनि एक साता सेल्फ आइसोलेसनमा रहने छन् । 

अब उनले श्रीलंकाविरुद्धको एक खेल गुमाउने भएका छन् । एन्ड्रयु दोस्रो खेलका लागि टोलीमा उपलब्ध हुने आशा लिएको क्रिकेट अस्ट्रेलियाले बताएको छ । 

श्रीलंका भ्रमण दौरान अष्ट्रेलियाले घरेलु टोलीसँग तीन खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० सिरिज सात जुन तथा एकदिवसीय सिरिज १४ जुनबाट सुरु हुनेछ ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १३:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया