राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।
बैठकमा अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् ।
बैठक बिहीबारसम्म चल्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।