तिलोत्तमाको कार्यपालिकामा एमालेको प्यानलै विजयी

तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन् ।

एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो । नेपाली कांग्रेसले ९ वटा वडा जितेको थियो । कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो । 

बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनबाट महिला सदस्यमा तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य, दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएका हुन् ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १९:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया