संसदबाट नागरिकता विधेयक तत्कालै पारित हुन्छः कानुनमन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसदबाट नागरिकता विधेयक तत्कालै पारित हुने दाबी गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताएका हुन् । 

उनले नेपाली बुवा–आमाबाट जन्मेका र अंगीकृत नागरिकका सन्तान नागरिकताबाट वञ्चित नहुने दाबी गरेका छन् । 

नागरिकताको हक नागरिकको अधिकार रहेकोले कुनै पनि किसिमको कटौती नहुने गरी नागरिकता वितरण गरिने मन्त्री शर्माले बताए । 

उनले भने, ‘संसदमा विधेयक गइसकेको छ, विधेयकमा केही कुरामा सहमति बनाउनुपर्ने हुन्छ, यसका लागि हामी तत्कालै सहमति गरेर यसै अधिवेशनको सत्रबाट नागरिकता विधेयक पारित गर्छौं ।’
 
उनले जनकपुरधाम आएपछि नागरिकताको इस्यु उठ्ने गरेको र यो इस्यु नै यहाँको लागि  हट इस्यु रहेको समेत टिप्पणी गरे ।
 
अर्को प्रसंगमा बोल्दै मन्त्री शर्माले शान्ति प्रक्रियाको काम समाधानका लागि सरकार तयार रहेपनि यो चुनौतीपूर्ण रहेकाले ढिलाइ भइरहेको बताएका छन् ।

सशस्त्र द्वन्द्वका बेला भएको आपराधिक घटनासहितको शान्ति सम्झौतासँग जोडिएका दशकौँ पुराना समस्या समाधानका लागि सबै लचक हुनुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १९:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया