ललितपुर जिसस प्रमुखमा कांग्रेसका फुयाल निर्विरोध

ललितपुर जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा नेपाली कांग्रेस निर्वाचित भएको छ। जिससका लागि बुधबार भएको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका​ ऋषिदेव फुयाल प्रमुखमा निर्वाचित भएका हुन् । 

त्यसैगरी जिससको उपप्रमुखमा माओवादीका रामलाल थिङ चयन भएका छन् । उनीहरु दुवै निर्विरोध निर्वाचित भएका हुन् । अन्य पार्टीबाट उम्मेदवारी नपरेपछि ९ सदस्यीय समिति निर्विरोध चयन भएको हो।

जिसस खुल्ला सदस्यमा कांग्रेसकै दिनेश घोरासाइनी, हरिहर कार्की र अल्प अल्पसंख्यकबाट सुबेर बहादुर पहरी निर्वाचित भएका छन् । । महिला सदस्यमा कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएका छन्।

खुला सदस्यमा माओवादीबाट सादुराम श्रेष्ठ र महिला सदस्यमा शोभा महर्जन निर्वाचित भएका छन् । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार २१:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया