निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको जानकारी गराएका हुन् ।
संविधानमा प्रदेश तथा प्रतिनिधिसभाको म्याद निर्वाचित भएको मितिदेखि ५ वर्ष भनेर लेखिएकाले वर्तमान संघ तथा प्रदेशको कार्यकाल मंसिर २२ पछि सकिने उनले बताए । थपलियाले भने, ‘पहिलो सांसद निर्वाचित भएको २०७४ मंसिर २२ गते हो । निर्वाचित भएको मितिदेखि भनेपछि मंसिर २२ लाई आधार मान्नु पर्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हिमाली र उच्च पहाडी क्षेत्रका जिल्लामा मंसिर ११ र पहाड तथा तराईका जिल्लामा मंसिर २१ मा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।