सरकारले शक्तिको दुरुपयोग गरेको गगन थापाको आरोप

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।  

प्रतिनिधिसभाको बैठकपछि बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा. गोविन्द केसीसँग भएको सम्झौता र आमजनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे । 

सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरे । 
 





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १५:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया