बिपिएलमा सन्दीपको टिम सिक्सर्सको पहिलो जित

काठमाडौं– बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपिएल)मा बिहीबार भएको खेलमा सन्दीप लामिछानेको टिम सिल्हेट सिक्सर्सले पहिलो जित निकालेको छ । सिक्सर्सले चिटागोङ भिकिङलाई ५ रनले हराउँदै पहिलो जित निकालेको हो । यसअघिको खेलमा भने सिक्सर्स कोमिल्ला भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको थियो ।  

बिहीबारको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिक्सर्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको भिकिंग्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन मात्रै बनाउन सक्यो । पहिलो खेलमा दुई विकेट लिएका सन्दीपले भने दोस्रो खेलमा विकेट लिन सकेनन् । पूरै ४ ओभर बलिङ गरेका सन्दीपले विनाविकेट २१ रन दिए । 

व्यक्तिगत पहिलो ओभरका रूपमा सातौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले ४ रन दिए । त्यसपछि १२औँ ओभरमा दोस्रो ओभर लिएर आएका सन्दीपले ३ रन मात्रै दिए । १४ औँ ओभरको रूपमा ५ रन खर्चेका सन्दीपको चौथो तथा अन्तिम ओभर भने केही महँगो साबित भयो । उनले अन्तिम ओभरमा एक चौकासहित ९ रनको योगदान दिए । 





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १६:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया