कांग्रेस पोखरा महानगर कार्यससितिका सभापति सुरेन्द्रमान बिजुक्छेले सचिव गणेशबहादुर थापालाई प्रस्टीकरण सोधेका छन्। सचिव थापाले सोमबार मतदातालाई धन्यवाद दिँदै विज्ञप्ति जारी गरेका थिए।
पोखरा महानगरका ३३ मध्ये २३ वडामा कांग्रेस विजयी भएको छ भने महानगर प्रमुखमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । थापाले जनताले दिएको विश्वासलाई घाटा नहुने गरी पार्टी र जनप्रतिनिधि मिलेर काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।
उनले भनेका थिए, ‘स्थानीय तह निर्वाचन २०७९ मा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसलाई पोखरा नगरबासीले गरेको विश्वासप्रति आभारी छौँ। महानगरपालिकाको कार्यपालिकामा प्रष्ट बहुमत दिएर पोखरेली जनताले पोखरालाई नयाँ उचाइमा लैजाने जिम्मेवारी नेपाली कांग्रेसलाई सुम्पिनुभएको छ। यो महान् जिम्मेवारी दिने पोखरेली जनताप्रति आभारी छौँ।’
सो विषयमा पोखरा महानगरका सभापति बिजुक्छेले पार्टीको लेटर हेड र छाप दुरुपयोग गरेको भन्दै सचिव थापालाई प्रस्टीकरण सोधेका हुन्। बिहीबार थापालाई प्रस्टीकरण सोध्दै उनले विज्ञप्ति जारी गर्नुपर्नाको कारण र कारबाही नहुने भए त्यसको जवाफ सात दिनभित्र दिन निर्देशन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।