अब गठबन्धन गर्ने कि नगर्ने भन्ने समीक्षा हुनुपर्छ : कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अब गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसले समीक्षा गर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले स्थानीय तह निर्वाचनको परिणाम आइसकेकाले गठबन्धनको विषयमा अब समीक्षा गर्ने समय आएको बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले दम्भ देखाए एमालेकै हालत बनाउने भनेर अभिव्यक्ति दिएका थिए । सो विषयमा भने आफूले प्रतिक्रिया नदिने गुरुङले बताए । 

केही स्थानमा गठबन्धनका कारण कांग्रेसलाई सहज भएको तर समग्रमा कांग्रेसलाई जनताले जिताएको  उनले बताए । गठबन्धनका कारण कांग्रेसलाई घाटा नभएको उनले बताए । 

सुरुमा गठबन्धन गर्ने कुरामा असहमत देखिएका गुरुङ पछिल्लो समय गठबन्धनप्रति नरम देखिएका छन् । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १८:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया