कर्णालीमा ठूली भैली खेल्न सुरु

जुम्ला– जुम्लामा बुधबारदेखि ठूली भैली खेल्न सुरु गरिएको छ । भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका महिलाले परम्परा बचाउनकै लागि भैली खेल्न सुरु गरेका हुन् ।

पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा सुरु भएको छ । पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार–पाँच दिन खेलिने सो भैलीको महत्व विस्तारै घट्न थालेको जानकार रमान्द आचार्यले बताए ।

पर्वको रूपमा रहेको ठूली भैलीमा सबै साथीसंगी मिलेर नयाँ पहिरनमा सजिएर आफ्ना आफन्तजनका घर–घरमा गएर भैलो खेल्ने चलन रहेको आचार्यलेले जानकारी गराए । उनका अनुसार फुर्सदको समय बिताउन, रमाइलो तथा परम्परा जोगाउन खेलिने भैलो पछिल्लो समय हराउँदै गएको छ ।

बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन् । दशकअघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीय स्तरको महत्वपूर्ण पर्वका रुपमा मानिन्थ्यो ।

 महिला र पुरुषमा खस परम्पराअनुरुप छुट्टाछुट्टै भैलो खेल्ने चलन रहेको थियो । भैलोमा युवा, महिला, बालबालिका र वृद्धवृद्धासमेत पैतला मिलाएर भैली खेल्न जाने चलन छ । भैलो खेलेर सकिए पछि संयुक्त भोजको आयोजना गरी एक–आपसमा रमाइलो साटासाट गर्ने चलन छ । 





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १७:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया