आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेस सरकार

मधेस प्रदेश सरकारले आइतबार अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
 
बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज कुमार रायले मुख्यमन्त्री कार्यालयबाट आएको पत्रमा प्रदेश सरकारको आर्थिक वर्ष ०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आइतबार दिउँसो ४ बजेको समय माग गरिएकोमा उनले सो समय उपलब्ध गराएका हुन् ।

सभामुख रायले आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले प्रदेश सांसदहरुलाई अनिवार्य रुपमा आ–आफ्नो सांस्कृतिक वेशभूषामा दिनको साढे ३ बजेसम्ममा प्रदेशसभामा उपस्थित हुन आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोहीअनुसारको तयारीमा प्रदेश सरकार लागिपरेको हो ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार २०:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया