कास्की जिसस निर्वाचन : एमाले एक्लै अरू गठबन्धनमा

जिल्ला समन्वय समिति कास्कीको शुक्रबार हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । 

जिसस प्रमुखमा एमालेले पोखरा २२ का सदस्य लीलाधर पौडेल र गठबन्धनले मादी १२ का कांग्रेसबाट निर्वाचित सदस्य दीपेन्द्र ढकाललाई उम्मेदवार बनाएको छ ।

उपप्रमुखमा एमालेले रुपा गाउँपालिकाकी सरिता कुमाललाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट माओवादीले मादीकै उषा थापालाई उठाएको छ । जिल्ला समन्वय समिति कास्कीको नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुने भएको छ ।

कास्कीमा एमालेको बहुमत छ । ५ पालिका रहेको यहाँ १० जना मतदाता छन् । तीमध्ये एमालेको एकल ६ जना छन् भने कांग्रेसको तीन तथा एकीकृत समाजवादीका १ जना मतदाता छन् । यहाँ एमाले एक्लै र अरूले गठबन्धन गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार २०:४४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया