Sun, 21 Jul, 2019


शृंखला खतिवडा फ्रान्सका लागि सद्भावना राजदूत नियुक्त
फरकधार / पुस २५, २०७५

काठमाडौं– मिस नेपाल शृंखला खतिवडा फ्रान्सका लागि सद्भावना दूत नियुक्त भएकी छिन् । परराष्ट्र मन्त्रालयमा बुधबार भएकाे नेपाल र फ्रान्सका विदेश सचिवकाे बैठकपछि शृंखला सद्भावना दूत नियक्त भएकी हुन् । 



आउँदो अप्रिलमा नेपाल र युरोपेली मुलुक फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ७० पुग्दै छ । काठमाडौंस्थित फ्रान्सेली दूतावास र परराष्ट्र मन्त्रालयले सन् २०१९ भरि नै विभिन्न कार्यक्रम गरी दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउँदै छन् ।

यसै सन्दर्भमा बुधबार काठमाडौं आएका फ्रान्सेली विदेश सचिव मोरिस गर्दो मोन्तान र परराष्ट्र सचिव शंकरदास बैरागी दुईपक्षीय बैठक भयाे । साेही बैठकले मिस नेपाल श्रृखला खतिवडालाई  नेपाल-फ्रान्स ७०औँ वार्षिकोत्सवकी सदभावना दूत नियुक्त गरेको हाे । मिस वर्ल्डको अन्तिम १२ सम्म पुगेकी श्रृंखलालाई आजै वैरागी र मोन्तानले सद्भावना दूतको प्रमाणपत्र दिए ।

सद्भावना दूत भएर श्रृंखलाले नेपाल-फ्रान्स सम्बन्धबारे सद्भाव, मित्रता र सहयोगको सन्देश विशेष गरी धेरै यूवा पुस्तामा पुर्‍याउने विश्वास गरिएको परराष्ट्रले जनाएको छ ।

सद्भावना राजदूतमा नियुक्त शृंखलाले आफूले फ्रान्समा गएर नेपालका हिमालहरूको मात्र नभई नेपाली संस्कृतिको पनि प्रभार–प्रसार गर्ने बताइन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा इकोल भिक्टर ह्युगो मञ्जुश्री विद्यापीठका विद्यार्थी आयुस कुँवरले तयार पारेको वर्षगाँठको लोगो सार्वजनिक गरियो ।  


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्