बलिउड अभिनेता अक्षय कुमार भारतमा निकै शिष्ट अभिनेताका रुपमा चिनिन्छन् । त्यसो त उनी धेरै विवादमा तानिएका पनि हुँदैनन् ।
उनको अभिनयको करिअरका सँगसँगै उनको वैवाहिक जीवन सुन्दर भएको पनि धेरैले कमेन्ट गरिरहेका हुन्छन् ।
यहीबीच एक अन्तर्वार्तामा उनले आफू र पत्नी ट्विंकल खन्नाबीच सुमधुर हुनुको कारण बताएका छन् । उनले आफूहरु दुवैले एकअर्काको जीवनमा कुनै पनि इन्टरफेयर नगर्ने भएकाले आफ्नो वैवाहिक जीवन सुन्दर भएको बताएका हुन् ।
उनले आफूहरु एकअर्काले अलग अलग सोचे पनि एकले अर्काको सोचलाई सम्मान गर्ने गरेको पनि बताएका छन् ।
उनले आवश्यक परेको खण्डमा दुवैले एकअर्कालाई सुझाव दिने र आफूले ट्विंकलले लेखेका लेखहरु पढ्ने गरेको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।