आजको मौसम : चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव कायमै छ ।

आज बिहान प्रदेश–१ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती तथा गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश–१ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश–१, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।  





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ६:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया