काठमाडौंको फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगे मेयर र उपमेयर

काठमाडौंको फोहोर व्यवस्थापन र स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर सिसडोल पुगेका छन् । बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटपछि मेयर काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल पुगेका हुन् ।  

मेयर शाह केही दिनअघि पनि काठमाडौंको फोहोर व्यवस्थापन कसर िगर्ने भन्ने विषयमा अध्ययन गर्न सिसडोल पुगेका थिए । डम्पिङ साइटका कारण समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी पटकपकट आन्दोलन गर्दै आएका छन् । फोहोर व्यवस्थापनका लागि दीर्घकालिन उपाय खोज्न मेयर शाहले निर्वाचित भएलगत्तै विभिन्न क्षेत्रका विज्ञसँग छलफल पनि गरिरहेका छन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ८:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया