युद्धका कारण चिनीको मूल्य बढेको भन्नु गलत : लालबाबु पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले बजार अनुगमन नहुँदा महँगी बढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा मूल्यवृद्धि सम्बन्धमा सार्वजनिक महत्वको प्रस्तावमा भाग लिँदै उनले बजार अनुगमन नहुँदा निजी क्षेत्र मोटाए पनि जनतालाई आहत हुने गरी महँगी बढेको बताएका हुन् । 

पूर्वमन्त्री समेत रहेका पण्डितले युक्रेन–रुसका कारण महँगो बढेको भन्न नमिल्ने पनि बताए ।

‘युद्धका कारण नेपालमा खाद्यान्नको मूल्य बढेको भन्ने कुरा मलाई लाग्दैन । केही होला । धान, चामल, चिनी लगायतको मूल्य युद्धका कारण बढेको भनाइ गलत हो । बजार अनुगमन भएको छैन । र, बजार अनुगमन नहुँदा खेरी निजी क्षेत्र मोटाउने गरी जनतालाई आहत हुनेगरी बजारमा महँगो समस्यामा देखिएको छ ।’ 
 
उनले नेपाल आयल निगमलाई निजीकरण गर्न नहुनेमा पनि जोड दिए । पण्डितले जनतालाई राहत दिन सार्वजनिक यातायातका साधनको भाडादर हेरफेर गर्नुपर्ने समेत दिए । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १२:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया