उपप्रमुख निर्वाचित महिलाले अब प्रमुखको तयारी गर्नुपर्छ : पूर्णकुमारी सुवेदी

नेकपा(माओवादी केन्द्र)की नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताएकी हुन् । त्यसको निम्ति आउने बाधा, अड्चनमा आफूहरूले साथ दिने उनले बताइन् । 

उनले महिला जनप्रतिनिधिले महिलाको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडि ल्याउनुपर्ने पनि बताइन् । निर्वाचित जनप्रतिनिधिलाई जनतालाई निराश नबनाउन पनि उनले आग्रह गरिन्। 

'महिलालाई पनि आफू सँगसँगै अगाडि ल्याउनुपर्‍यो । पार्टीले दिएको यो अवसरलाई चुनौतीको रूपमा लिँदै सामना गर्ने । सामना गर्ने हतियार भनेको हाम्रो विचार हो । तपाईंहरू जति उपप्रमुख हुनुभएको छ, सबै भोलिको लागि प्रमुखको लागि तयारी गर्नुहोला । त्यसमा के–के बाधा, अड्चन आउँछन् हामी छौँ । पार्टी छ । समाजका सबै अवरोधहरुलाई सामना गर्नुहोला । सबै अवरोधहरुलाई पन्छाउँदै अगाडि बढ्नु होला । त्यसमा सबैको साथ हुन्छ । सबैको सहयोग मिल्छ’ उनले भनिन् ।

उनले राजनीतिक परिवर्तनमा महिलाहरुको भुमिका धेरै रहेको उल्लेख गरिन् ।
अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच बधाई तथा अभिनन्दन गरेको छ । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १३:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया