कर्णालीमा जनस्तरसम्म पुग्न समाजवादीले दुई महिने अभियान चलाउने

कर्णाली प्रदेशका प्रत्येक वस्ती तथा जनस्तरमा पुग्न नेकपा (एकीकृत समाजवादी)ले दुई महिने अभियानको सञ्चालन गर्ने भएको छ । बिहीबार र शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको पार्टीको कर्णाली प्रदेशको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीमा आवद्ध सबै नेता कार्यकर्तालाई पार्टीको सांगठनिक, राजनीतिक कामहरूलाई तीव्र रूपमा अगाडि बढाउँदै जनस्तरसम्म पुग्न अभियानका साथ अघि बढ्ने बैठकले निर्णय गरेको हो । 

पार्टीको दुई महिने अभियानमा संगठनको शुद्धीकरण र सुदृढीकरणसम्बन्धी क्रियाकलाप सञ्चालन हुनेछन् । अभियानका साथ प्रदेशका प्रत्येक वस्तीको तहसम्म जनस्तरमा पुग्नेगरी पार्टीका नेता र कार्यकर्ताहरू निर्देशन दिइएको छ ।

यसका साथै बैठकमा विभिन्न सांगठनिक, राजनीतिक तथा समसामयिक प्रस्तावमाथि छलफल भएको एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए । 

बैठकमा पार्टीका केन्द्रीय कमिटीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीति, नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९–०८०को बजेट, नीति तथा कार्यक्रम, स्थानीय तहको निर्वाचनमा पार्टीले खेलेको भूमिका तथा त्यसको परिणाम र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रशिक्षण दिएको नेता बडुवालले जानकारी दिए ।

पार्टीका केन्द्रीय कमिटीका उपमहासचिव प्रकाश ज्वालाले कर्णालीमा गठबन्धन राजनीतिक पार्टीहरूका बीच देखापरेका समस्या र जिल्ला समन्वय समितिको निर्वाचन, गठबन्धन दलहरूबीच सम्बन्ध सुधारको विषय र प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनसम्म जाँदा संगठन निर्माणका सन्दर्भमा नेता तथा कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका विषयमा बताएका थिए ।



बैठकले स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेकालाई धन्यवाद, पार्टीको चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिने निर्णय गरेको छ ।

यसका साथै जनमुखी ढंगले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन, बजेटको निति तथा कार्यक्रममा जनमुखी र समाजवादका आधार निर्माण हुनेगरी कार्यक्रमहरु समावेश गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरको नेता बडुवालले जानकारी दिए ।



  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १९:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया