मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

नेपाल मैत्रीपूर्ण अभ्यास खेलमा पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा गए रातिको खेलमा नेपाल ओमानसँग २-० ले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इशाम अल सुभीले एक / एक गोल गरे ।  मलिकीले पहिलाे हाफकाे थप गरिएकाे समय तथा सुभीले ९० औं मिनेटमा गाेल गरेका थिए ।


एएफसी एसियन कप छनोटकाे तयारीका लागि दोहामा रहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानकाे सामना गरेकाे हाे । यसअघि नेपालले टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ तथा श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ । छनोटको समूह ‘ए’ मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरू जुन आठदेखि १४ सम्म हुनेछ । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।
 





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार ११:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया