पछिल्ला केही दिन यता नेपाली राजनीतिमा फेरि नयाँ समीकरणको विकास हुने हो कि भन्ने चासो बढेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्न सक्ने अनुमान गरिएका छन् ।
आफूलाई प्रधानमन्त्रीको अफर आएको तर यो विषयमा आफूले नसोचेको प्रचण्ड स्वयंले बताइसकेका छन् ।
त्यसो त गठबन्धन छाडेर आफूहरुसँग मिलेर चुनावी सरकारको नेतृत्व गर्न अफर गरेको नेकपा एमालेको पंक्तिले यसलाई औपचारिक रुपमा मानिसकेको छैन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरु अहिले सत्ताको खेलमा नभएको बताएका छन् ।
अर्कोतिर नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि प्रधानमन्त्रीको अफर गरिएको भन्ने विषयमा व्यापक चर्चा सुरु भएको छ ।
तर, नेकपा एमालेका एक पोलिटब्युरो सदस्यले एमालेले प्रचण्डलाई प्रधानमन्त्री अफर गरे पनि नेकपा एकीकृत समाजवादीसँग मिल्ने अहिले कुनै सम्भावना नै नभएको बताउँछन् ।
‘माओवादीसँग अबको चुनावमा तालमेल गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा हो,’ ती नेताले फरकधारसँग भने, ‘तर, एकीकृत समाजवादीसँग त यही तालमेलको सम्भावना पनि अहिले छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।