एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, निर्वाचनको समीक्षा गर्न
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।  पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । 

उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ ।  ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।

पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । 
तर, कांग्रेस– माओवादी धोका दिएको भन्‍ने स्वीकार्न तयार छैनन् । 





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १४:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया