बच्चा जन्मिएकाे ३ वर्षसम्म के खुवाउने के नखुवाउने ?

काठमाडाैँ/ जब शिशु आमाको गर्भमा हुन्छ, उसले आमाको भोजनबाट आफूलाई चाहिने पोषण प्राप्त गर्छ ।

यसरी बच्चाले आफ्नो खानेकुरा आमाको आहारबाट प्राप्त गरिरहेको हुन्छ । बच्चा जन्मि सकेपछि नवजात शिशुको आहारमा धेरै ख्याल राख्नुपर्छ । सामान्य खाना र पेयपदार्थले बच्चालाई हानी पुर्याउन सक्छ । बच्चालाई सुरुको ३ वर्षसम्म जे खुवाउँछौं, त्यसको असर उसको पुरै जिन्दगीभर पर्छ ।

सानाबच्चालाई के खुवाउन हुन्छ, के हुँदैन ? 

१. बच्चा जन्मेको पहिलो चार महिनासम्म बच्चालाई आमाको स्तनपानमा राख्नु पर्छ ।

२. छ महिनापछि भने उमालेको पानी सेलाएपछि चम्चाको मद्दतले थोरै थोरै खुवाउनु पर्छ । बच्चा केही ठूलो भएपछि सानो ग्लासले खुवाउँदा पनि हुन्छ ।

३. बच्चालाई दुध वा पानी कुनै पनि प्रकारको बोतलबाट खुवाउनु हुँदैन ।



४. छ महिनापछि आमाको दूधबाहेक सामान्य चिजहरु बच्चालाई खुवाउन थाल्नु पर्छ ।

५. घरमा बनाएको लिटो, खिर जस्ता चिजहरु खुवाउनु पर्छ ।



६. छैटौं महिनाबाट केरा र दुध मिसाएर खुवाउनु पर्छ । बिस्तारै–बिस्तारै स्याउ, मेवा, आँप जस्ता फलफुलको रस पनि खुवाउनु पर्छ । 

७. सात महिनाको बच्चालाई राम्रोसँग पकाएको सब्जि मिसाएर नौनि घ्युसँग खुवाउनु पर्छ । ८.सातैं–आठौं महिनामा दाल वा खिचडी राम्ररी पकाएर तथा मिसाएर खुवाउनु पर्छ ।

९. नौ महिनाको बच्चालाई गाई वा भैंसिको दुध ग्लासमा खुवाउनु पर्छ । र बच्चाले आमाको दुध जबसम्म खान्छ, तब सम्म खुवाउनु पर्छ । 

१०. एक बर्षपछि स्वस्थ खाना र पूर्ण आहारा दिनुपर्छ ।

  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार ०:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया