बित्थडचिरले १ हप्ताभित्रमा बालबालिकाको तथ्यांक अद्यावधिक गर्ने

बझाङको​ बित्थडचिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पूर्ण बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने प्रतिबद्धताको घोषण गरेको छ । 

योसँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, विपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट विनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरुको लागि पालिकाले प्रथामिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालिकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निःशुल्क व्यवस्था मिलाउने लगाएको ४ बुँदे प्रतिबद्धता गरिएको हो ।
 
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागिता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता जाहेर भएको हो । 

बैठकमा बालबालिकाले पठनपाठन सामग्री आवश्यक रहेको बताए थिए भने बालबालिकाको मागलाई सम्बोधन गर्दै वडा नम्बर ४ का वडाध्यक्ष कलकबहादुर बोहराले कुनै पनि बालबालिका संरक्षणबाट वन्चित नहुने गरी योजना तर्जुमा गर्ने र बजेट विनियोजन गर्ने बताए । 

त्यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष अनिलसिंह महरले आफ्नो कार्यकालको पहिलो वर्षमा जोखिममा रहेको बालबालिकाको तथ्यांक संकलन गरी आवश्यक योजना तयार गर्ने बताए । विगतको भन्दा फरक तरिकाले बालबालिकाको क्षेत्रमा काम गर्ने वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष मानबहादुर बोहराले बताए ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १९:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया