बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । साथै, करिब १०० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
अग्नि सेवाका अधिकारी जलाल अहमदका अनुसार आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको हो ।
आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।
चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।