रूपन्देही बस दुर्घटना अपडेट : मृतक ९ मध्ये चार जनाको पहिचान खुल्यो

भैरहवा–परासी हुलाकी सडकअन्तर्गत रोहिणी पुलबाट खस्दा भएको बस दुर्घटनामा मृत्यु हुने ९ मध्ये चारजनाको सनाखत भएको छ ।

सनाखत हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रूपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् । 

हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस आज बिहान साढे ४ बजे रोहिणी नदीको पुलबाट खस्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।  





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार ८:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया