भारतीय गायक केकेको निधनको कारण मायोकार्डियल इन्फ्रयाक्सन
प्रतीकात्मक तस्वीर

केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ ।

रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुटुबाट रगतका पम्पिङ प्रभावित भएको थियो । यही कारण कोरोनरी धमनीमा पनि रोकावट आएका थियो ।

कोलकाता प्रहरीले पनि गायकको अप्राकृतिक मृत्युको सम्बन्धमा प्रारम्भिक उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । ‘तर, प्रारम्भिक र अन्तिम पोस्टमार्टम रिपोर्टसँगै रासायनिक विश्लेषणपछि अब अप्राकृतिक मृत्युको सिद्धान्तलाई अस्वीकार गरिएको छ,’ नाम नबताउने सर्तमा एक प्रहरी अधिकृतले भनेका छन् ।

गत मंगलबार साँझ गायक केकेले दक्षिण कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिइरहँदा अस्वस्थ भएका थिए । त्यसपछि उनलाई अस्पताल लैजाँदा मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार १५:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया