बजेटमा सपना मात्रै बाँडिएको छ : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन् । महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताएका हुन् । 

आइतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गरे । 

महासचिव पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरूको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभए पनि आगामी आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताए । उनले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको पनि पटकपटक दोहोर्‍याए । 
‘बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नु हुन्छ भने–यो व्यापारिक पूँजीवाद वा दलाल नोकरशाही पूँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ । अघिल्लो वर्ष यति धेरै स्पोन्ट आइरन आयात गरिएकी प्लेट आइरनको उद्योग नै धराशायी भयो । राजस्व वृद्धिका लागि कुनै सम्भावना नहुने गरी वस्तुको आयात गरिएको हुन्छ । अनि कसरी राजस्व वृद्धि हुन्छ, मुलुकको समृद्धि हुन्छ ?’ उनले भने ।

महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै वस्तुपरक नभएको बताए ।





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार १९:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया