कैदीबन्दीका लागि पुस्तकालय निर्माण गरिने

जुम्ला–प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् । 

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजनाबमोजिम प्रदेश सरकारल बुधबार जुम्ला कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन अभियान शुरु गरेकोे हो । 

‘कारागारका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ’ भन्ने मूल नाराका साथ काम अघि बढाइएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए । कर्णालीकै १० जिल्लामध्ये पहिलो जिल्लाका रुपमा जुम्लामा यो अभियान शुरु गरिएको उल्लेख गर्दै उनले भने, ‘कैदी–बन्दीलाई अपराधीका रुपमा मात्र व्यवहार गरिँदा उनीहरुले आफुलाई हिनताबोध भएको महशुस गर्ने र कारागारबाट निस्केपछि पुनः आपराधिक क्रियाकलापमै सम्लग्न हुनसक्छन्, त्यसैले यस्ता गतिविधिलाई निरुत्साहित गर्न कला, साहित्य, सफल जिन्दगी कथा, आमसञ्चार, मानवअधिकार, कानूनलगायत पुस्तकहरु अध्यायन गर्न दिँदा बौद्धिक विकास हुने अपेक्षा गरिएको छ ।’

किताब पढाैं, जीवनलाई बदलाैं, चाहेर वा नचाहेर गल्ती गर्दा, कारागारमा बन्दी हुन पुगेकालाई कारागारपछिको जीवनमा पनि केही गर्न सकिन्छ । कारागारको जीवन मात्र अन्त्य होइन भन्ने कुराको विकास गराउन यो अभियान थालिएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताए । 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार ८:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया