\
बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई मारिदिने धम्कीसहितको पत्र आएपछि प्रहरीले यसबारे खोजबिन सुरु गरेको छ ।
मुम्बई प्रहरीमा त्यही चिठीको आधारमा उजुरी दिइएको छ र प्रहरीले यसबारे खोजी गर्न थालेको छ । प्रहरीले यो जानकारी आइतबार दिएको हो ।
यही आधारमा बान्द्रा प्रहरीले पनि छानबिन सुरु गरेको छ ।
पन्जाबी गायक मुसेवालको हत्यापछि सलमान खानको सुरक्षा पनि बढाइएको भारतीय मिडियाले जनाएका छन् । आइतबार चिठीबारे जानकारी दिए पनि प्रहरीले यसबारे थप विवरण दिएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।