लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) आएपछि पनि ‘किन फोहोर उठ्न नसकेको?’ भन्दै प्रश्न गरेका छन् । उनले मेयरमा निर्वाचितपछि बालेनको दौडधूप तीव्र भएपनि काठमाडौंको फोहोर उठ्न किन ढिलाइ भएको भन्दै प्रश्न गरेका हुन् ।
संग्रौलाले नै फोहोर उठ्न नसक्नुको दुई अनुमान गरेका छन् । उनले गरेको पहिलो अनुमान– बालेनको ढंग नपुग्नु र दोस्रो सरकारबाट असहयोग हुनु ।
‘बालेन सर रातदिन कुद्याकुदेई छन्, तर ढङ्ग नपुगेर हो कि सत्ता कब्जा गरी बसेकाहरूले यिनलाई बिफल तुल्याउन खोजेर हो । उठेन त काठमाडौंको दङदङी गनाउने फोहोर? बालेन सरले जनहितका एकाध काम गर्न सके पथ भ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई अलिकता हाँक, अलिकता शबक मिल्थ्यो कि भन्या!,’ संग्रौलाले ट्विट गरेका छन् ।
बालेन सर रातदिन कुद्याकुदेई छन्,तर ढङ्ग नपुगेर हाे कि सत्ता कब्जा गरी बसेकाहरूले यिनलाई बिफल तुल्याउन खाेजेर हाे,उठेन त काठमाडाैंकाे दङदङी गनाउने फाेहाेर।बालेन सरले जनहितका एकाध काम गर्न सके पथभ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई अलिकता हाँक,अलिकता शबक मिल्थ्याे कि भन्या!
— Khagendra Sangroula (@belakoboli) June 5, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।