कोपा डेल रेः लेगानेसमाथि रियल मड्रिडकाे शानदार जित

काठमाडौं– कोपा डेल रे फुटबल प्रतियोगितामा बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । कोपा डेल रेको पहिलो लेगमा रियलले लेगानेसमाथि ३–० को शानदार जित निकालेको छ । रियलका लागि सर्जियो रामोस, लुकास भाजक्वज र भिनिससले गोल गरेका हुन् । 

रियलले ४४औं मिनेटमा पेनाल्टीबाट सुरुवाती गोल गरेको हो । ४४औं मिनेटमा पाएको पेनाल्टी अवसरमा कप्तान रामोसले गोल गरेका हुन् । बाँकी दुई गोल भने दोस्रो हाफमा भएका हुन् । 

खेलको ६८औं मिनेटमा लुकासले अग्रता दोब्बर बनाएका हुन् भने ७७औं मिनेटमा भिनिससले अर्को गोल थप्दै रियललाई ३–० को जित दिलाएका हुन् । 
 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार ९:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया