उठेन काठमाडौंको फोहोर, मुख्य सडक नै दुर्गन्धित [फोटो फिचर]

काठमाडौंका धेरै मुख्य सडक फेरि फोहोरका कारण दुर्गन्धित बनेका छन् । मुख्य सडकमै फोहोरको डंगुर थुप्रिन थालेपछि आवतजावत गर्नसमेत समस्या भइरहेको छ । धेरै ठाउँमा स्थानीय तह निर्वाचन अघिदेखि नै थुप्रिएको फोहोर पनि संकलन गरिएको छैन । जसकारण पनि सडकमै फोहोरको थुप्रो लागिरहेको छ । सिसडोल र बञ्चरेडाँडाबासीले फाल्न नदिँदा अहिले काठमाडौंको फोहोर उठ्न नसकिएको बताइएको छ । सिसडोल र बञ्चरेडाँडाबासीले आफ्नो माग पूरा नहुँदासम्म फोहोर फाल्न नदिने बताउँदै आएका छन् । केही दिनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल नै सिसडोल र बन्चेरेडाँडा पुगेका थिए । उनीहरूले स्थानीयसँग फोहोर फाल्न दिन आग्रह गरेका थिए । मेयर शाहले फोहोरको दुर्गन्ध हटाउनका लागि केमिकल छर्ने बताएका थिए । उता स्थानीय माग पूरा हुने आशामा बसिरहँदा काठमाडौंका सडकमा भने फोहोरको पहाड लागिरहेको छ । हेरौं तस्बिर  :





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १३:९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया