एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।
प्रतिनिधिसभामा उनले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । उनले सोमबार विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् ।
‘विगत आर्थिक वर्षहरूदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गहरुमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानबिना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्,’ प्रस्तावमा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।