नेप्से परिसूचक १२.८९ अंकले घट्यो

साताको पहिलो कारोबार भएको सोमबार शेयर बजारमा गिरावट आएको छ । 

सोमबार पनि नेप्से सूचक १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा  झरेको छ । त्यस्तै, त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको छ । सोमबार कारोबारमा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

नेप्सेका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक छन् भने ६ वटा उपसमूहको सूचक सकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी माइक्रोफाइनान्सको ०.५३ प्रतिशतले बढेको छ भने बाँकी सकारात्मक कारोबार भएका उपसमूहको ०.५० प्रतिशतभन्दा कमले बढेको छ । यता,  बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै १.३२ प्रतिशतले घटेको छ ।

सोमबार कारोबारमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने हिमालयन बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफको ३.९२ प्रतिशत र मनकामना लघुवित्तको ३.९२ प्रतिशतले घटेको छ। 

यता भर्खरै आइपिओ निष्काशन गरी कारोबार सुरु भएका उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य उच्च दरमा बढेको छ भने नारायणी विकास बैंकको पनि ६.४७ प्रतिशतले बढेको छ।



सोमबार कारोबारको आधारमा एशियन लाइफ कम्पनीको सबैभन्दा धेरै ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १७:३३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया