बिग बोस विजेता दीपिकालाई एसिड प्रहार गर्ने धम्की

एजेन्सी– बिग बोस सिजन १२ की विजेता दीपिका कक्कड उक्त शो जितेपछि ट्रोलर्सको निशाना बनेकी छन् । दीपिका कक्कड फ्यान क्लबको ट्वीटर ह्यान्डलबाट एक युजरले दीपिकालाई तेजाब प्रहार गर्ने धम्की दिएका छन् । 

दीपिकालाई एसिड प्रहार गर्ने धम्की दिने ती व्यक्ति श्रीसंथका फ्यान थिए । श्रीसंथले शो नजितेपछि उनी निकै निराश भएका थिए । दीपिकालाई अभद्र भाषा प्रयोग गर्दै ती ट्वीटर युजरले लेखेका छन् ‘म मुम्बईमा छु, यदि मैले देखे भने एसिड छ्याप्ने छु ।’

अन्य फ्यानले दीपिका र सुरभि राणाको समर्थन  गर्दै उक्त धम्की दिने व्यक्तिलाई पक्राउ गर्न नियन्त्रणमा लिन प्रहरीलाई अनुरोध गरेका छन् । 

फ्यान पेजका एडमिनले मुम्बई प्रहरीलाई ट्याग गरेर उसलाई छिटो भन्दा छिटो पक्राउ गर्न आग्रह गरेका छन् । त्यसपछि ती युजरले आफ्नो ट्वीटरको युजर नाम परिवर्तन गरेको बताइएको छ । 

इन्टरटेनमेन्ट वेभसाइट स्पटबोयसँगको अन्तर्वार्तामा बिग बोसकी कन्टेस्टेन्ट सुरभि राणाले बिग बोसको फाइनल रिजल्ट भोटको आधारमा तय हुने भएकाले यसलाई खुशी साथ सबैले स्वीकार्नु पर्ने बताएकी छन् । 

उनी भन्छिन् ‘यो एक खेल हो । यसमा जसले धेरै भोट ल्याउँछ, उ विजेता बन्छ । कुनैपनि किसिमको दुविधा तथा निराशा हुनु जरुरी छैन । उ एक पागल केटा हो । यसमा प्रहरीले तुरुन्त एक्सन लिएर ती ट्वीटर युजरलाई ट्रयाक गर्नु आवश्यक छ र उसलाई कडा सजाय हुनुपर्छ ।’
 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १२:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया