माओवादी हेटौंडा उपमहानगर कमिटीले गर्‍यो तीन नेतालाई कारबाही
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका कमिटीले तीन जना नगरसचिवालय सदस्यलाई कारबाही गरेको छ । 

यही २० र २१ जेठमा बसेको बैठकले स्थानीय तह निर्वाचनमा पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै सचिवालय सदस्य तथा हेटौंडा वडा नम्बर १७ वडाकमिटी इन्चार्ज शंकरबहादुर राउत र सचिवालय सदस्य तथा वडा नम्बर १० वडाकमिटी इन्चार्ज सन्तोष न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधरण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । 

साथै नगर सचिवालय सदस्य गीता कार्कीले पार्टी परित्याग गरेकोले साधरण सदस्य नरहनेगरी हटाइएको नगरकमिटी अध्यक्ष तीर्थ थापा मगरले बताए । बैठकले नगरकमिटी सचिवालय सदस्य तीन जना, नगर सदस्य दुई जना र वडा समितिका अध्यक्ष एक जनालाई लिखित तथा मौखिक स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए । 

हेटौंडा १७ नम्बर वडाकमिटीको इन्चार्जमा प्रदीप अर्याल र १० नम्बर वडाकमिटीको इन्चार्जमा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको मगरले बताए । बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी समीक्षा गरिएको थियो ।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १९:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया