लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती आयोजना निर्माण गर्ने

लगानी बोर्डले ७५० मेगावाट विद्युत् क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे चासो राखेका थिए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटीसहितको प्रतिवेदन बनाउन सुझाब समितिले प्रतिवेदन बुझाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । उक्त आयोजना प्रतिवेदनको आधारमा आयोजनालाई अघि बढाउने गरी छलफल भएको उनले बताए । 

साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याउने बताउँदै भट्टले बोर्ड बैठकले १०० मेगावाटको तामाकोसी भी र ४० मेगावाटको रौघाट जलविद्युत् आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत गरेको जानकारी दिए । 

प्रमुख कार्यकारी अधिकृत भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थपसम्बन्धी आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको बताए । सूर्यतारा सिमेन्ट उद्योगले ओगटेको जग्गा परिवर्तनलगायतका विषयमा बैठकमा छलफल भएको उनले बताए । 





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १९:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया