नेपाल अडिटर्स एसोसिएसन (अडान)को अध्यक्षमा केदारनाथ पौडेल चयन भएका छन् । एसोसिएसनको छैठौँ राष्ट्रिय महाधिवेशनले पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।
काठमाडौंको एभरेष्ट होटलमा सम्पन्न राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनीधि र २०० पर्यवेक्षकहरूको सहभागिता थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको उद्घाटन कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष युद्धराज ओली अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहनराज रेग्मीलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
एसोसिएसनको बन्द सत्रले संस्थाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र अगामी कार्ययोजना पनि पारित गर्नका साथै महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गरेको छ ।
एसोसिएसनको प्रथम उपाध्यक्षमा डोलप्रसाद दाहाल, वरिष्ठ उपाध्यक्षमा बद्रीप्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खाँ, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल, प्रदेश उपाध्यक्षहरुमा पोषराज नेपाल प्रदेश नं. १ प्रदीपकुमार यादव, उपाध्यक्ष मधेसमा रामजीप्रसाद अधिकारी बाग्मती, भोलानाथ पाठक उपत्यका, बिलबहादुर भुजेल गण्डकी, रमेश केसी. लुम्बनी, बहादुरसिंह बिष्ट सुदूरपश्चिम र बलराम रेग्मी कर्णाली रहेका छन् । महिला उपाध्यक्ष मीरा श्रेष्ठ र महासचिवमा प्रेमबहादुर श्रेष्ठ निर्वाचित भएक छन् ।
त्यसैगरी उपमहासचिवहरूमा भरतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद ढुंगाना, गणेश गिरी, हरिबहादुर कार्की, जयाकुमारी झा, साबित्री शर्मा र तिलकबहादुर अधिकारी चयन भएका छन् ।
सचिवहरुमा रामगोपाल महर्जन (उपत्यका), मायाबादे श्रेष्ठ (बाग्मती), कामोद झा (मधेश), शिवराज बराल (गण्डकी), चन्द्रभक्त श्रेष्ठ (उपत्यका)
पदमराज शर्मा उपाध्याय (सुदूरपश्चिम), नेत्रप्रसाद ज्ञवाली (लुम्बनी), गोकर्णप्रसाद आचार्य (लुम्बिनी) जयधर्म पोखरेल (प्रदेश नं. १) निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा बलराम चौधरी र सहकोषाध्यक्षमा सुनिल आचार्य निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।